ad ad

खेल


नेपाल फेरि भारतसँग पराजित

नेपाल फेरि भारतसँग पराजित

नेपालखबर
साउन २३, २०८१ बुधबार १९:२६, काठमाडौँ

काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोली साविक विजेता भारतसँग स्तब्ध बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित हुँदै लगातार भारतलाई जित्ने सूवर्ण मौका गुमाउन पुग्यो। भारतले लगातार दोस्रो पटक उपाधि उचालेको हो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको थियो।

तर चौथो सेट भने नेपालले २१–२५ ले गुमाउन पुग्यो। तर पाँचौ तथा अन्तिम सेट नेपालले ५–१५ ले गुमाउँदा नेपाल रजत पदकमा चित्त बुझाउन बाध्य भयो।

पहिलो सेटमा सुरुवातबाट नै अग्रता बनाएको नेपालले बीचमा केही लय गुमाउन पुग्यो। यद्यपी अन्तिममा सम्हालिदै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेट सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएपनि नेपालले लय गुमाउँदा सेट गुमाउन पुग्यो। तेस्रो सेटमा नेपालले सुरुवातबाट नै अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो।

तर चौथो सेटमा नेपालले केही गल्ती गर्न पुग्दा नतिजा भारतलाई सुम्पन पुग्यो। पाँचौ सेटको सुरुवातबाट नै पछि परेको नेपालले लय गुमायो।

लिग चरणमा भारतलाई पराजित गर्दै इतिहास बनाएको नेपाल फाइनलमा भने त्यो लयलाई गुमाउन पुग्यो। भारतले भने लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ।

योसँगै नेपालले ५ वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिन चुकेको छ। यसअघि सन् २०१९ मा घरेलु मैदानमा नै भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारतसँग नै ३–२ को सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको थियो।

करिब चार दशक लामो इतिहास बोकेको महिला भलिबलले पहिलो पटक लिग चरणमा भारतलाई ३–२ को सेटमा हराउँदै इतिहास रचेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .