संसदीय सुनुवाइ समितिले आज (आइतबार) प्रस्तावित राजदूतहरूसँग छलफल गर्दैछ। समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
गएको शुक्रबार समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो।
सुनुवाइ समितिकी सदस्य ईश्वरी घर्तीले आजबाट प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन्।
समितिको मंगलबार बसेकाे बैठकले पारित गरेको कार्ययोजनाअनुसार भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा समितिले राजदूतहरूको सुनुवाइ सक्नेछ।
सांसद घर्तीकाअनुसार आज प्रस्तावित १७ मध्ये चार राजदूतसँग छलफल हुँदैछ। आजको बैठकमा चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतसँग छलफल गर्ने तयारी छ।
सरकारले गएको साउन १४ गते १८ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्रस्ताव गरेका १७ राजदूतको संसदीय सुनुवाइ भइरहेको छ।
78
Shares
प्रतिक्रिया