ad ad

राजनीति


डेनमार्कमा मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर काम गर्छु : प्रस्तावित राजदूत मानन्धर

डेनमार्कमा मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर काम गर्छु : प्रस्तावित राजदूत मानन्धर

नेपालखबर
भदौ १६, २०८१ आइतबार १६:८, काठमाडौँ

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन्।

आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गरेकी हुन्।

प्रस्तावित राजदूत तलाधरले युवाहरूको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन्।

डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरूलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाइ थियो। 

डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रस्तावित राजदूत तुलाधरले बताइन्। 

‘युवाहरूको चाहनालाई मिट गर्ने खालको टुरिजम प्लानहरू पनि हामीले नेपाल टुरिजम बोर्डसँग मिलेर बनाउन सक्छौँ। नेपाल टुरिजम बोर्डले आफ्नो दूतहरू पनि नियुक्त गर्दो रहेछ। म उहाँहरूसँग एकदमै नजिक भएर काम गर्नेछु। देशको मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो,’ उनले भनिन्।

प्रस्तावित राजदूत तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .