ad ad

राजनीति


प्रधानमन्त्रीलाई प्रश्न–संसदमा बनाउनुपर्ने महिला समिति नबनाउने, प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्ने?

प्रधानमन्त्रीलाई प्रश्न–संसदमा बनाउनुपर्ने महिला समिति नबनाउने, प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्ने?

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १४:५३, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको नियमावलीले व्यवस्था गरेको महिला समन्वय समिति बनाउने वातावरण नबनाउने तर महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँडेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्।

‘प्रतिनिधिसभाको नियमावलीमा महिला समन्वय समिति बनाउने व्यवस्था गरिएको छ, तर अहिलेसम्म पनि समिति बनाउन नसक्नुमा प्रतिधिसभाका हामी महिला सांसदको दोष कदापी हुनसक्दैन,’ प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘हामी सबैजना समिति बनाउन तयार छौं, चाहान्छौं।’

नियमावलीमा व्यवस्था गरिएको व्यवस्था कार्यान्वयन नगरी प्रधानमन्त्री बनाउँदै हिँड्नु कति जायज हो भन्दै सांसद राईले प्रश्न समेत गरिन्। ‘नियमावलीमा व्यवस्था गरिएको महिला समन्वय समिति निर्माण गर्न वातावरण चाहिँ नबाउने, अर्कोतिर अन्य कुनै कार्यक्रममा भने अब महिलालाई प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्नु कति जायज हो ?’, उनको भनाइ, ‘एकथरी कुरा गर्ने, अर्कोथरी काम गर्ने प्रधानमन्त्रीको पहिचान नै बनेको छ।’ 

उनले महिला प्रधानमन्त्री बनाउनेबारे संसदको रोष्टममा आएर जानकारी दिन समेत आग्रह गरिन्। ‘समाननीय प्रधानमन्त्रीज्यूले नेपालमा राष्ट्रपति महिला, महिला सभामुख र प्रधानन्यायाधीश महिला र मुख्यसचिव महिला भइसकेको छ, अब प्रधानमन्त्री महिला चाँडै बनाउँछु भनिएको सुनियो,’ सांसद राइको भनाइ छ, ‘प्रधानमन्त्रीज्यू कहिलेदेखि महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ? सम्मानित संसदलाई चाँडै रोष्टमबाट जानकारी दिन म आग्रह गर्न चाहान्छु।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .