ad ad

राजनीति


कांग्रेस छाडेका ज्योतिरादित्य भाजपा प्रवेश गर्दै, मध्यप्रदेश सरकार अल्पमतमा

कांग्रेस छाडेका ज्योतिरादित्य भाजपा प्रवेश गर्दै, मध्यप्रदेश सरकार अल्पमतमा

नेपालखबर
फागुन २८, २०७६ बुधबार ६:१६,

काँग्रेस आईबाट मंगलबार राजीनामा दिएका ज्योतिरादित्य सिन्धिया बुधबार (आज) भारतीय जनता पार्टीमा प्रवेश गर्ने भएका छन्।

सिन्धियाले पार्टीबाट राजीनामा दिएपछि मध्यप्रदेश राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा दिएका थिए।

यससँगै मध्यप्रदेशमा भारतीय जनता पार्टीले सरकार बनाउने सम्भावना बलियो बनेको छ।

मध्यप्रदेशको संसदमा २२८ सांसदमध्ये भाजपाको १ सय ७ र काँग्रेसको १ सय २१ सांसद थिए। संसदमा काँग्रेस कमल नाथको सरकारको बहुमत थियो।

तर, २० सांसदले राजीनामा दिएसँगै काँग्रेस अल्पमतमा परेको बताइएको छ। काँग्रेसबाट अन्य सांसदले पनि राजीनामा दिने सम्भावना भएको इकोनोमिक टाइम्सले जनाएको छ।

सिन्दियालाई राज्यसभामा निर्वाचित गराई उनलाई केन्द्रीय सरकारको सरकारको मन्त्री बनाउने तयारी भएको बताइएको छ।

अब भाजपाले मध्यप्रदेशमा सरकार बनाउने प्रक्रिया थाल्नेछ। सिभराज सिंह चौहान भाजपाको तर्फबाट मुख्यमन्त्री बन्ने सम्भावना भएको बताइएको छ।

सन् २०१८ मा काँग्रेसले कमल नाथलाई मध्यप्रदेशको मुख्यमन्त्री बनाएको थियो। कमल नाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो। सिन्दिया आफू मुख्यमन्त्री बन्न नपाएकोमा असन्तुष्ट थिए।

कांग्रेसबाट राजीनामा दिनुअघि सिन्धियाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .