ad ad

राजनीति


प्रहरीले सुरक्षा दिइरहेकै बेला बास्कोटाको घरमा बम विस्फोट

प्रहरीले सुरक्षा दिइरहेकै बेला बास्कोटाको घरमा बम विस्फोट

नेपालखबर
फागुन २८, २०७६ बुधबार ६:१८,

७० करोड कमिसन मागेको विवादित अडियो प्रकरणपछि राजीनामा दिएलगत्तै पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई सुरक्षा ‘थ्रेट’ बढेको प्रहरीले जनाएको छ।

त्यसयता बास्कोटाका साथै उनको निर्माणाधीन घरमा समेत प्रहरीले २४सै घण्टा सुरक्षा दिइरहेको प्रहरी अधिकारी बताउँछन्।

तर बुधबार बिहानै भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको त्यही निर्माणाधीन घरमा बम विस्फोट भएको छ।

अचम्मको कुरा त के भने त्यहाँ प्रहरी तैनाथ रहेकै बेला विस्फोट भएको पाइएको प्रहरी अधिकारी नै बताउँछन्। 

भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रहरी त्यहीं भएका बेला विस्फोट भएको पाइएको बताएका हुन्।

नेपालखबरसँग उनले भने, ‘प्रहरी घरको अगाडिपट्टि थिए, त्यही बेला घरको पछाडिपट्टिको भागमा विस्फोट भएको पाइएको छ। प्रहरी कहाँ चुक्यो भन्ने हामी अनुसन्धान गर्छौं।’

सुक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटामाथि सुरक्षा खतरा हुनसक्ने भन्दै प्रहरीले बन्दै गरेको घरमा समेत सुरक्षा दिइरहेको थियो।

तर सुरक्षाकर्मी डियुटीमै रहेको बेला बम विस्फोट भएको पाइएको छ।

प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘उहाँले सुरक्षा नमागे पनि हामीले सुरक्षा व्यवस्था गरेका थियौं, तर त्यसका बावजुद यो घटना भएको छ, हामी छानबिन गर्छौं।’

बास्कोटाले साढे तीनतले घर बनाउँदै थिए। सञ्चारमन्त्री भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोटमा बसेका बास्कोटा राजीनामा दिए पनि सरेका छैनन्।

बास्कोटाको घरमा बुधबार बिहान पाउने ८ बजे विस्फोट भएको हो ।

विस्फोटबाट घरको कम्पाउन्ड र रेलिङमा क्षति पुगेको प्रहरीले जनाएको छ।

यसैबीच पूर्वसञ्चारमन्त्री बास्काेटाले आफ्नो घरमा भएको विस्फोटको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।  

याे पनि :

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा एकाबिहानै बम विस्फोट

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .