ad ad

राजनीति


जर्मन चान्सलर मर्केल सेल्फ क्वारेन्टाइनमा

जर्मन चान्सलर मर्केल सेल्फ क्वारेन्टाइनमा

नेपालखबर
चैत १०, २०७६ सोमबार ३:२९,

जर्मन चान्सलर एंगेला मर्केल कोरोना संक्रमणको आशंकामा सेल्फ क्वारेन्टाइनमा बसेकी छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनको सम्पर्कमा आएका एकजना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मर्केल क्वारेन्टाइनमा बस्ने निर्णय गरिएको उनका प्रवक्ताले जनाएका हुन्।

उनका प्रवक्ता स्टेफेन सिबर्टका अनुसार शुक्रबार मर्केलका डाक्टरले उनलाई एउटा भ्याक्सिन दिएका थिए। उनै डाक्टरमा पछि कोरोना संक्रमण देखिएको थियो।

क्वारेन्टाइनमा रहँदा उनको नियमित जाँच गरिने ती प्रवक्ताले बताएका छन्।

उनी क्वारेन्टाइनमा जानुअघि मर्केलले कोरोना भाइरसको संक्रमण रोक्न कडा नियमहरु घोषणा गरेकी थिइन्।

पत्रकार सम्मेलन गरी उनले अब जर्मनीले मान्छेहरुको भेटघाटलाई निकै कडाइका साथ रोक लगाउने बताएकी थिइन्।

‘जर्मनीले दुई जनाभन्दा बढि मानिसको भेटघाटमा रोक लगाएको छ। परिवारका सदस्य र सँगै बसेका व्यक्तिबाहेक अन्यलाई यो नियम लागु हुनेछ,’ सीएनएनले समाचारमा उनलाई उद्धृत गरेको छ।

उनले मानिसहरुलाई अन्य व्यक्तिसँग कम्तिमा डेढ मिटरदेखि दुई मिटरसम्मको दूरीमा रहन आग्रह गरेकी छन्। उनले रेष्टुराँ, सैलुन, ट्याटु पसल आदि बन्द गर्न भनेकी छन्।

यी नियमहरु कम्तिमा दुई हप्ता कायम रहने सीएनएनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .