कास्कीको रुपा गाउँपालिकामा भारतबाट फर्केका एक नेपालीको मृत्यु भएको छ।
रुपा गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई गाउँपालिकामै बनाएको क्वारेन्टिनमा राख्ने गरेको थियो। गाउँपालिकाले बनाएको क्वारेन्टिनमा राखिएका त्यहाँका ५० वर्षीय विश्वबन्धु नेपालीको बुधबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले पुष्टि गरिन्। उनी १२ दिनअघि नेपाल आएका थिए।
‘हिजोसम्म त सबै ठीक थियो, अहिले यस्तो कुरा आयो, म पनि बुझ्दैछु’, उनले टेलिफोनमा नेपालखबरसँग भनिन्,‘हामीले त विदेशबाट आउने सबैलाई क्वारेन्टिनमा राखेको हो।’
मृतक नेपाली मंगलबार खाना खाएर सुतेका थिए। उनमा कोरोनाको संक्रमण भने देखिएको थिएन।
उनमा मुटु, कलेजोलगायतका रोगको समस्या भने भएको बुझिएको उपाध्यक्ष गुरुङले बताइन्। उनको उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा मृत्यु भएको हो।
प्रतिक्रिया