ad ad

राजनीति


कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशमा ५० करोडको कोष, स्वास्थ्यकर्मीको तलब शतप्रतिशत वृद्धि

कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशमा ५० करोडको कोष, स्वास्थ्यकर्मीको तलब शतप्रतिशत वृद्धि

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १४:२,

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि कर्णाली प्रदेश सरकारले ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गरेको छ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोष खडा गरेको घोषणा गरेका छन्।

विपद व्यवस्थापनको लागि स्थापना गरिएको कोषमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक जम्मा गर्ने शाहीले जनाएका छन्। साथै जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, उद्योगी, व्यापारी, अन्य संघ संस्थाहरु र दाताहरु लगायत आम नागरिकलाई यस कोषमा आ–आफ्नो तर्फबाट सहयोग गर्नको लागि आव्हान गरिएको छ।

प्रदेश सरकारको नेतृत्वमा राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी समेतको संलग्नतामा औषधि, स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति, दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थापन समिति, सम्भावित जोखिममा रहेकाहरुलाई क्वारेन्टिन तथा शान्ति सुरक्षा समिति लगायतका समितिहरुले रोकथाम, नियन्त्रण र उपचारका क्रियाकलापहरु सञ्चालन गरिरहेको मुख्यमन्त्री शाहीले जनाएका छन्।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टिन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउनेप्रदेश सरकारले घोषणा गरेको छ।

प्रदेश सरकारले कोरोना संक्रमणबाट प्रभावित मानिसको उद्धार तथा अन्य सहयोगका लागि १११० नम्बरको हटलाइन सेवा सञ्चालन गरेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .