ad ad

राजनीति


शुक्रबार र शनिबार काठमाडौंबाहिर जान पाइने, आउन नपाइने

शुक्रबार र शनिबार काठमाडौंबाहिर जान पाइने, आउन नपाइने

नेपालखबर
चैत २७, २०७६ बिहिबार ९:४४,

सरकारले देशव्यापी लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसहरुलाई उपत्यकाबाहिर जानका लागि शुक्रबार र शनिबार खुला गर्ने निर्णय गरेको छ।

यी दुई दिनमा काठमाडाैं बाहिर जान पाए पनि उपत्यकामा प्रवेश गर्न भने पाउने छैनन्।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले कोरोना संक्रमण रोकथामका लागि लागु गरिएको लकडाउनको तेस्रो हप्ता जारी रहँदा सो निर्णय गरेको हो।

‘यो दुई दिन मानिसहरुको आवतजावत कसरी व्यवस्थापन गर्ने र सवारी साधनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे मोडालिटी तय गर्न गृह मन्त्रालयमा बैठक जारी छ,’ उपप्रधानमन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले नेपालखबरलाई बताए।

यसका कारण अन्य प्रदेश तथा देशव्यापीरुपमा जारी लकडाउनकाे नियममा भने कुनै परिवर्तन गरिएकाे छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .