ad ad

समाज


प्रहरी कल्याण कोषद्वारा प्रहरी अस्पताललाई दुई करोड हस्तान्तरण

प्रहरी कल्याण कोषद्वारा प्रहरी अस्पताललाई दुई करोड हस्तान्तरण

नेपालखबर
चैत २७, २०७६ बिहिबार ९:२६,

काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले आफ्नो ३६ औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ।

 सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान गरिन्। साथै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर ३६औं वार्षिकोत्सव अवसरमा प्रकाशित ‘अस्पताल दर्पण २०७६’ को उनले लोकार्पणसमेत गरिन्।

कार्यक्रममा पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहलाई हस्तान्तरण गरे।

साथै अस्पतालको वार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पठाएको शुभकामना सन्देश प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले वाचन गरेकी थिइन्।

कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .