ad ad

राजनीति


सांसद राई भन्छन्ः विवाद हुँदैमा पार्टी फुट्ने भए सबैभन्दा बढी विवाद नेकपामा छ (भिडियो)

सांसद राई भन्छन्ः विवाद हुँदैमा पार्टी फुट्ने भए सबैभन्दा बढी विवाद नेकपामा छ (भिडियो)

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ९:१२,

समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन्। नेता राईले पछिल्लो समय आफूहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताए।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे। उनले भने, ‘मैले चार दिन अगावै भनेको थिए पार्टीमा मत भिन्नता छ। विवादहरु छन्। तर हामी भन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिएँ। त्यो कुरा अहिले पनि छ।’

उनले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफूले थाहा पाउन नसकेको समेत बताए। उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए। उनले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशीको कुरा भएको समेत बताए। उनले भने, ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याईदिएको छ। एउटा खुशीको खबर हो। यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र सुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ। यसले थप मद्दत पु¥याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनि अपिल गर्न चाहन्छु।’

उनले पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने बताए। ठूला पार्टीमा झन् ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफूमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको बताए। 

उनले भने ‘जुन पार्टी भित्र फरक मत राख्ने व्यक्तिहरुलाई अहिलेको नेपाली राजनीतिमा प्रचलन के छ भने फरक मत राख्ने भनेको यो पार्टी विभाजन नै या फरक धारणा नै सिर्जित भएर जान्छ। यो खास गरेर हामी जस्ता दलहरुमा अनि अरु ठाउँमा त ठूला दलमा फरक धारणा राख्ने र खुल्लै बक्तव्य जारी गर्ने भन्ने नेताहरु छन्। त्यसमा चाहिं मिडियाको ध्यान पर्दैन। तसर्थ यो दुर्भाग्यपूर्ण कुरा हो। मेरो केही कुराहरुमा फरक धारणा हो। त्यो फरक धारणालाई पाँच दिन अगाडि मैले भनेको थिएँ, यो पार्टी विभाजन होइन भनेर भनेको थिएँ। त्यही धारणा अहिले पनि छ।’

सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .