पत्नीको हत्या गराएको आरोप लागेका लेसोथोका ८० वर्षीय प्रधानमन्त्री थोमस थाबाने जुलाई महिनामा पदत्याग गर्ने घोषणा गरेका छन्।
‘उर्जाहीन’ महसुस गरेको भन्दै उनले पदत्यागको घोषणा गरे।
सन् २०१७ मा अलग्गै बस्दै आएकी तर औपचारिक सम्बन्धविच्छेद नगरेकी उनकी पत्नी लिपोलेलो थाबानेको हत्या भएको थियो।
सो घटनामा प्रधानमन्त्री पनि मुछिएका छन्। उनीमाथि राजीनामाको दबाब बढ्दै गएको छ।
‘प्रधानमन्त्री पदका लागि शारीरिक शक्ति र मानसिक सक्रियता आवश्यक पर्छ। मेरो उमेरका कारण म अब पहिलेजति उर्जाशील महसुस गर्दिनँ,’ थाबानले भनेका छन्, ‘त्यसैले राजीखुसीले पदत्याग गर्दैछु।’ एजेन्सी
यो पनि:
प्रतिक्रिया