गत बुधबारमात्र ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो चारवर्षको नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले चीनसम्मै पुगेर मार हान्नसक्ने क्षेप्यास्त्रको विकास गर्ने अपेक्षा गरिएको छ।
ताइपेस्थित नेसनल पोलिसी फाउन्डेसनका अनुसन्धानकर्ता चि चङका अनुसार ताइवान सरकारले क्षेप्यास्त्र, ड्रोनहरुका साथै डिजिटल हतियार बिकान गर्नेछ।
ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।
चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताउँदै आएको छ।
चीनले ताइवानलाई अलग देश मान्ने देशसँग कुटनीतिक सम्बन्ध पनि गाँस्दैन।
तर गत बुधबारमात्र ताइवानी राष्ट्रपति वेनले चीनले ताइवानलाई आफ्नो क्षेत्र सम्झनु बुझाईमा कमजोरी भएको बताएकी थिइन्।
उनले चीनको एक देश दुई नीति आफ्नो देशमा नचल्ने चीनलाई चेतावनी दिएकी थिइन्।
चीनले आवश्यक परे शक्तिको प्रयोग गरेर ताइवान आफ्नो नियन्त्रणमा लिनसक्ने बताइरहँदा ताइवानले क्षेप्यास्त्रको कार्यक्रम अगाडि बढाउने भएको हो।
अमेरिकाले भने ताइवानलाई एउटा स्वतन्त्र देशको रुपमा हेर्ने गरेको छ। अमेरिकाले बारम्बार चीनलाई ताइवानसँग शत्रुतापूर्ण व्यवहार नगर्न सजग गराउँदै आएको छ।
चीनले देशको आन्तरिक मामिलामा अमेरिकालाई हात नहाल्न चेतावनी दिँदै आएको छ।
Shares
प्रतिक्रिया