ad ad

राजनीति


उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खण्डन

उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खण्डन

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १६:५,

कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसंग संक्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खण्डन गरेको छ। परराष्ट्र मन्त्रालयले उच्चायुक्तको प्रेस विज्ञप्तिप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको बताउँदै नेपालको प्रेस स्वतन्त्रताको सम्बन्धमा प्रेषित सामग्रीले यथार्थ, तथ्य र वास्तविकता प्रतिविम्बित नगरेको जनाएको छ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको तथा प्रेस स्वतन्त्रता उल्लंघनविरुद्ध प्रभावकारी कानुनी उपचारको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्रालयले संविधानमा निहित मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न प्रचलित कानूनले निर्देश गरेबमोजिम कार्य सम्पादन गर्दै आएको उल्लेख गरेको छ।

विज्ञप्तिमा त्यस्ता सूचना र जानकारी सार्वजनिक गर्नुपूर्व नेपाल सरकार र जेनेभास्थित नेपालको स्थायी नियोग वास्तविक सूचना र जानकारी उपलब्ध गराउन सधैँ तत्पर रहेको प्रष्ट पारिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .