ad ad

राजनीति


सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघकाे एकहप्ते अल्टिमेटम

सरिता गिरीलाई सांसद पदबाट हटाउन युवा संघकाे एकहप्ते अल्टिमेटम

नेपालखबर
जेठ २८, २०७७ बुधबार ४:४१,

राष्ट्रिय हित र सीमा सुरक्षाविपरीत अभिव्यक्ति दिएको भन्दै सांसद सरिता गिरीलाई एक हप्ताभित्र पदबाट हटाउन राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ।

बुधबार विज्ञप्ति जारी गरी संघले नेतृ गिरीलाई संघयी संसदको सदस्यबाट अविलम्ब फिर्ता बोलाउन उनको पार्टी जनता समाजवादी पार्टीलाई एक हप्ताको अल्टिमेटम दिएको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने बेहोरासमेत यसै वक्तव्यमार्फत स्पष्ट गर्न चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौं।

yuwabige

नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय गिरीलाई संघले स्मरण गराएको छ।

संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ तथा सहसंयोजक रमेश पौडेलकाे संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर छ।’

सांसद गिरीले अंसवैधानिक, राष्ट्रहित प्रतिकूल एवम् देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएकाे भन्दै राष्ट्रिय युवा संघ नेपालले यस्ता  राष्ट्रहितविपरीत हर्कतप्रति घोर आपत्ति र भर्त्सना गरिएकाे जनाएकाे छ। 

यस्तै युवा संघले रुकुम चौरजहारी हत्याकाण्डलगायत दलित दमन, हत्या/हिंसामा संलग्नलाई पनि हदैसम्मको कारबाही गर्न पनि सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .