ad ad

समाज


नक्कली स्यानिटाइजर बनाएर बेच्ने दुई जना काठमाडौंबाट पक्राउ

नक्कली स्यानिटाइजर बनाएर बेच्ने दुई जना काठमाडौंबाट पक्राउ

नेपालखबर
जेठ २८, २०७७ बुधबार ४:४८,

नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाएर ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं १४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौँ महानगरपालिका-१६ नयाँबजार खुसिबुमा अवैधरूपमा उनीहरुले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई मङ्गलबार पक्राउ गरेको हो।

बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारी भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

उनीहरुले विभिन्न प्रख्यात ब्राण्डका स्टिकर आफैँले छपाइ गरी खाली बोतलमा लेभलिङ तथा महङ्गो मूल्यसमेत राखी बजारमा अवैधरूपमा बिक्री वितरण गर्ने गरेको पाइएको छ।

उनीहरुको साथबाट विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ तीन हजार दुई सय ९० लिटर, तयारी नक्कली स्यानिटाइजर पाँच सय एमएलको आठ बोतल, पाँच लिटर तयारी सेनिटाइजर, विभिन्न आकारमा बोतलमा राखिएको सयौँ बोतल स्यानिटाइजर प्रहरीले बरामद गरेको छ।

यस्तै नक्कली कस्मेटिक सामान, स्यानिटाइजरमा टाँस्ने स्टिकर एक झोला, विभिन्न रङका मसी, त्यसमा प्रयोग गरिने केमिकल तथा प्रयोग हुने यन्त्र उपकरण पनि बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .