नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवासंघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो।
सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोर्डमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो।
सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए। रासस
प्रतिक्रिया