ad ad

राजनीति


सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा विद्यार्थी नेता पक्राउ

सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा विद्यार्थी नेता पक्राउ

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १३:४४,

समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेका छन्।

बाजुराका २८ वर्षीय हेमराज थापालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए। केसीका अनुसार उनलाई विशालबजारबाट पक्राउ गरेको हो। उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सांसद गिरीको घरमा बुधबार साँझ उनीसहित केही युवाले कालो झण्डा राखेका थिए। तर प्रहरीले झण्डा हटाएको थियो।

घरमा झण्डा राखेपछि ती युवाले ‘राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्सा राख्न सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।

तर सांसद गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन्। यसपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न मागसमेत गरेको छ।

गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

सांसद सरिता गिरीको घरमा कालो झण्डा राख्दै युवाले गरे नाराबाजी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .