ad ad

समाज


कुवेतबाट फर्किएकी एक महिला कोरोना आशंकामा अस्पताल भर्ना, अरु सबै राजधानीका क्वारेन्टिनमा

कुवेतबाट फर्किएकी एक महिला कोरोना आशंकामा अस्पताल भर्ना, अरु सबै राजधानीका क्वारेन्टिनमा

उजिर कार्की
जेठ ३०, २०७७ शुक्रबार १४:२२,

कुवेतबाट शुक्रबार फर्किएकी एक महिलालाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएको छ।

नेपाल आएपछि चेकजाँच गर्दा ती महिलामा उच्च ज्वरो देखिएपछि कोरोना संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना गरिएको हो।

शुक्रबार जजिरा एयरवेजबाट तीन बालबालिकासहित १४९ महिला फर्किएका थिए। उनीहरु कसैलाई पनि घर पठाइएको छैन। सबैलाई राजधानीका क्वारेन्टिनमा राखिएको छ।

स्रोतका अनुसार जावलाखेलस्थित ४५ जनालाई ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा र १०३ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वरेन्टिनमा राखिएको छ।

उनीहरु १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि मात्रै घर फर्किने टुंगो लाग्नेछ।

शुक्रबार नै जापानबाट पनि ६ जना फर्किएका छन्। जापानबाट एक जना क्यान्सरका गम्भीर बिरामी फर्किएका हुन्। उनलाई कुरुवासहित ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा पठाइएको छ।

त्यहाँ छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ। जापानबाट फर्किएका अरु ४ जनालाई रोहिनी भन्ज्याङको क्वारेन्टिनमा राखिएको छ।

यसअघि बिहीबार २९९ जना महिला कुवेतबाट फर्किएका थिए। उनीहरु मध्ये ४५ जनालाई बुढानिलकण्ठस्थित छहारीमा क्वारेन्टिनमा राखिएको छ। कुवेतबाट बुधबार तीन जना गर्भवती महिला पनि फर्किएका थिए। उनीहरु पनि यहिँ छन्।

यस्तै १५ जना भने कोहीनुर होटलमा बसेका छन्। अरुलाई भने प्रदेश सरकारको जिम्मा लगाइएको छ। कुवेतले २ हजार ९ सय ९१ जना नेपालीलाई आममाफी दिएको छ। कुवेतले ती नेपालीलाई आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो।

आममाफी दिएकाहरुलाई उसले आफ्नै खर्चमा नेपाल ल्याइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .