ad ad

राजनीति


भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप

भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप

नेपालखबर
असार २, २०७७ मंगलबार ८:१२,

चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।

गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय सेनाले सोमबार दुई पटकसम्म सीमा पार गर्नुका साथै चिनियाँ सैनिकहरुमाथि उत्तेजनात्मक आक्रमण गरेका कारण भौतिक मुठभेड हुन गएको हो।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सेनाले सीमा मिचेर दुई पक्षीय सहमति तोडेको आरोप पनि लगाएको छ।

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको हो।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

याे पनि: 
सैनिक मारिएपछि भारतीय रक्षामन्त्रीले गरे सेनाप्रमुखहरुसँग बैठक

चीनको आक्रमणमा तीन सैनिक मारिएपछि भारतीय सेनाले दियो यस्तो प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .