नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले लकडाउनकै समयमा क्वारेन्टिन भित्र १६८४ महिलामाथि हिंसा भएको दाबी गरेको छ। संघका अनुसार कतिपय छिटफुट रुपमा बाहिर आएको छ भने कतिपय घट्नाहरुलाई गुपचुप पारिएको छ।
संघका अध्यक्ष उमा रेग्मीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी कैलालीको लम्कीचुहा क्वारेन्टिनमा एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवक लगायत ४ जनाबाट पासबिक तबरले सामुहिक बलत्कार भएको भन्दै यस घटनाले नेपाल महिला संघ स्तब्ध भएको बताएकी छन्। उनले क्वारेन्टिन महिलाहरुका लागि हिंस्रक खाडल भएको जनाएकी छन्।
‘सरकारको अव्यवस्था, अकर्मव्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्नाहरु दिनानुदिन बढ्दै गइरहेका छन्। सरकार केवल रमिते बनेर बसेको छ। पुरै दण्डहिन्ताको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार कोरोना महामारीको यस्तो अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफनो दुनोसुमयाउन तर्फ मात्र केन्द्रित देखिन्छ।’
महिला संघले पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न र अपराधीहरुलाई कडा भन्दा कडा कार्यबाही गर्न सरकारसँग माग गरेको छ।
प्रतिक्रिया