ad ad

समाज


डीएसपी कुमुद ढुंगेल साधारण तारेखमा रिहा

डीएसपी कुमुद ढुंगेल साधारण तारेखमा रिहा

नेपालखबर
असार २, २०७७ मंगलबार ११:४१,

डीएसपी कुमुद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग टेलिफोन सम्पर्क देखिएपछि उनी निलम्बनमा परेका थिए।

अदालतको आदेशसँगै उनी नियमित काममा फर्किन पाउने भएका छन्।

२०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घरमा लुटपाट भएको थियो। मंगलबार अदालतमा डीएसपी ढुंगेल उपस्थित भएपछि जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

चोरीको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो।

याे पनि: किन निलम्बनमा परे डीएसपी कुमुद ढुंगेल?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .