ad ad

राजनीति


स्थायी समिति बैठकअघि बालुवाटारमा ओली–प्रचण्ड भेट

स्थायी समिति बैठकअघि बालुवाटारमा ओली–प्रचण्ड भेट

नेपालखबर
साउन २, २०७७ शुक्रबार ४:५५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच भेटवार्ता भएको छ।

शुक्रबार ११ बजेका लागि डाकिएको स्थायी समिति बैठक अगाडि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहान १० बजे नै बालुवाटार पुगेका थिए। अहिले दुई अध्यक्षबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ’, नेपालखबरसँग कुरा गर्दै बजगाईंले भने।

नेकपाभित्रको जारी विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ।

पछिल्लो पटक आजका लागि तोकिएको बैठकका बारेमा दुई अध्यक्षबीच कुराकानी हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .