सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।
असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको बैठक आज ११ बजेका लागि बोलाइएको थियो।
यी समिति बैठक अगाडि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच भएको छलफलपछि बैठक स्थागित गरिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
प्रतिक्रिया