ad ad

राजनीति


प्रहरी अस्पतालको सेवा प्रभावकारी बनाउन महानिरीक्षक थापाको निर्देशन

प्रहरी अस्पतालको सेवा प्रभावकारी बनाउन महानिरीक्षक थापाको निर्देशन

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:३८,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

शुक्रबार अस्पतालको निरीक्षण गर्दै नवनियुक्त महानिरीक्षक थापाले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई सेवाग्राहीप्रति बोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्न निर्देशन दिए।

महानिरीक्षक क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलासिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरेका छन्।

उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमासमेत उनले जानकारी लिए। नेपाल प्रहरी अस्पतालको वृद्धि विकासका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा महानिरीक्षक थापाले जोड दिए।

अस्पतालमा देखिएका समस्याको समाधानका लागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्न क्षेत्रीको सुझाव छ।

समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरुले अस्पतालमा आउने विरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिए। अस्पतालको वृद्धि विकासका लागि सदैव साथ र सहयोगको लागि आफू तत्पर रहेको उनको भनाई छ।

VB2C0607.JPG

अस्पतालको प्रमुख समेत रहेकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम प्रविधि र पद्धतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताइन्।

नेपाल प्रहरी अस्पतालको एक मात्र उद्देश्य गुणस्तरीय उपचार सेवा प्रदान गर्ने रहेको बताउँदै अस्पताललाई सरकारी अस्पतालमध्येको उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको सिंहको भनाई छ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालसहित आईजीपी थापा अस्पताल पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .