ad ad

समाज


चितवनमा मात्रै एक वर्षमा २६ गैंडा मरे

चितवनमा मात्रै एक वर्षमा २६ गैंडा मरे

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:३८,

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए। गत आर्थिक वर्ष बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ३, बाघको आक्रमणका कारण १ गैंडा मरेका हुन्।

त्यसै गरेर करेन्ट लागेर २, रुखले किचेर १, स्वास्थ्यमा समस्याका कारण ३, कारण पत्ता लाग्न नसकेर ३ गैंडा मरेका उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन। त्यस वर्ष ९ भाले, १४ पोथी र २० को कंकालमात्र भेटिएको थियो। धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्यांक आएको उप्रेती बताउछन्।

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन्। पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ। गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ। चालु आर्थिक वर्षमा गणना गरिँदै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .