ad ad

राजनीति


चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयसँगै चीनले बन्द गर्दै छेन्दुको अमेरिकी दूतावास

चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयसँगै चीनले बन्द गर्दै छेन्दुको अमेरिकी दूतावास

नेपालखबर
साउन ८, २०७७ बिहिबार ११:०,

आफ्नो महावाणिज्य दूतावास बन्द गर्ने अमेरिकी निर्णयपछि चीनले बुधबार उक्त कार्यको कडा प्रतिवाद गर्ने बताएको थियो।

जस्तालाई त्यस्तै नीतिको अबलम्ब गर्दै चीनले अमेरिकी दूतावास बन्द गर्न लागेको एससीएमपीले उल्लेख गरेको छ।

वासिङ्टनले चीनको ग्वाङझाओ, सांघाइ, सेनयाङ, छेन्दु र वुहानमा महावाणिज्य दूतावास स्थापना गरेको छ। त्यस्तै चीन प्रशासित हङकङ र मकाउमा पनि अमेरिकी वाणिज्य दूतावास छन्।

बुधबार अमेरिकाले आफ्नो ‘बौद्धिक सम्पत्ति’को रक्षा गर्नेभन्दै चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको बताएको थियो।

हाल चीनले बन्द गर्ने योजना बनाएको अमेरिकी महावाणिज्य दूतावास सन् १९८५ मा निर्माण भएको थियो।

बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै सन् २०१८ यता अमेरिका चीनसँगको व्यापार युद्धमा होमिएको थियो।

विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको चीन र पहिलो अर्थतन्त्र रहेको अमेरिकाबीच हाल सुरक्षा, व्यापार, प्रविधिजस्ता विषयमा विवाद जारी छ।

दुवै देश आरोप–प्रत्यारोपमा उत्रिरहेका छन्। चीनका विदेशमन्त्री वाङ यीले हालै अमेरिकाले शीतयुद्धको मनस्थिती बोकेको आरोप लगाएका थिए। जुन विषयमा पनि अमेरिकाले चीनलाई बिचमा ल्याएको चीनको भनाइ छ।

त्यसअघि प्रभावशाली अर्थशास्त्री जेफ्री साक्सले अमेरिका र चीनबीच शीतयुद्ध बढ्दै गएको बताएका थिए।

उनले अमेरिका र चीनबीच शीतयुद्ध निम्तिए त्यसले कोरोना भाइरसले भन्दा बढी विश्व प्रभावित हुने बताएका थिए।

चीनले कोरोना भाइरसको सूचना लुकाएका कारण विश्वभर कोरोना फैलिएको अमेरिकी आरोप छ भने हङकङमा चीनले सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले एक–देश दुई प्रणालीको उल्लंघन भएको बताउँदै हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियत बन्द गरेको छ।

अमेरिकाले चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानलाई स्वतन्त्र देश भएको बताउँछ भने पछिल्लो समय अमेरिकाले हुवावेसहितका चिनियाँ प्रविधि कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ।

यस्तै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा अमेरिकाले अन्य दाबीकर्ता देशहरुको साथ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .