ad ad

खेल


गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

नेपालखबर
साउन ८, २०७७ बिहिबार ११:८,

प्रतियाेगिता भएकाे करिब ६ महिनापछि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीको आयोजनामा भएको प्रतियोगिताको आयव्यय बिहीबार सार्वजनिक भएको हो।

प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयले २०–२० लाख रुपैयाँ दिएका थिए।

gandaki football 7

प्रदेश लिग कमिटीका सचिव आनन्द रञ्जितले आफूहरुले सामाजिक मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट लिएको रकमको हिसाबकिताब सार्वजनिक गरेको बताए।

उनले भने, ‘प्रतियोगिता आयोजना गर्दा केही रकम बचत भएको छ। एन्फा केन्द्रले पनि प्रतियोगिताका लागि रकम दिएकाले त्यसबाट आउने रकम आफूहरुको बचत हुने उनले बताए।’

प्रतियोगिता सकिएको लामो समयसम्म पनि विजेताहरुले पुरस्कार रकम पाउन निकै कसरत गर्नुपरेको थियो।

प्रतियोगिता गत माघ ७ गतेदेखि १४ गतेसम्म पोखरामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .