ad ad

राजनीति


राष्ट्रपतीय चुनाव सार्ने ट्रम्पको प्रस्ताव उनकै पार्टीका नेतालाई अमान्य

राष्ट्रपतीय चुनाव सार्ने ट्रम्पको प्रस्ताव उनकै पार्टीका नेतालाई अमान्य

नेपालखबर
साउन १६, २०७७ शुक्रबार २:२६,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन सार्न गरेको प्रस्ताव उनको पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका छन्।

नोभेम्बर चुनाव गर्दा धाँधली हुन सक्ने दाबी गर्दै यसको मिति सार्नुपर्ने ट्रम्पको प्रस्तावलाई सिनेटमा बहुमत प्राप्त उनकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गरेका हुन्।

बीबीसीका अनुसार चुनाव स्थगन गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पलाई छैन। चुनाव सार्ने भए त्यो प्रस्ताव कंग्रेसले अनुमोदन गर्नुपर्ने हुन्छ।

ट्रम्पको प्रस्ताव अस्वीकार गर्ने नेताद्वय मककोनेल र मकार्थी दुवैले अमेरिकी इतिहासमा निर्धारित समयभन्दा चुनाव कहिल्यै नसारिएको बताएका छन्।

ट्रम्पका साझेदार रहेका अर्का सिनेटर लिन्ड्से ग्राहमले पनि चुनाव सार्ने कुरामा असहमित प्रकट गरेका छन्।

यस्तै पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्पको भनाइको आलोचना गरेका छन्। उनले चुनाव सार्ने कुरालाई अमेरिकी लोकतन्त्रमा ‘आक्रमण’को संज्ञा दिएका छन्।

ट्रम्पले चुनाव सार्ने अभिव्यक्ति दिएको केही घण्टापछि नै ओबामाको टिप्पणी आएको हो। 

राष्ट्रपति ट्रम्प हुलाकमार्फत गरिने मतदानमा धाँधली हुन सक्ने भन्दै यस प्रक्रियाको विरोध गरिरहेका छन्। यसैकारण उनले चुनाव सार्ने प्रस्ताव गरेका हुन्।

‘म त्रुटिपूर्ण चुनाव हेर्न चाहन्नँ। यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

तर अमेरिकी राज्यहरू कोरोना महामारीलाई विचार गर्दै हुलाकमार्फत गरिने मतदानलाई अझ सहज बनाउने तयारीमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .