ad ad

राजनीति


प्रदेश २ सरकारले पाँच सय बेडको आइसोलेसन थप्ने

प्रदेश २ सरकारले पाँच सय बेडको आइसोलेसन थप्ने

शैलेन्द्र महतो
साउन २०, २०७७ मंगलबार ११:४२,

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रदेश सरकारले तत्काल उपचारको लागि पाँच सय बेडको आइसोलेसन बेड थप्ने भएको छ।

कोरोना कहर बढ्दै गएपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय बेडको आइसोलेसन थप गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री निवासमा मंगलबार सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ। कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा सामाजिक विकास मन्त्री नवल किशाेर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह, जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .