सत्तारूढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ।
अध्यक्ष पन्तले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
‘तीन–चार दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराएँ। पीसीआर टेस्ट गर्दा कोभिड पोजिटिभ देखियो।’
यसबीच कुनै सभा समारोह नभए पनि कामका क्रममा नियमित भेटघाट र छलफल भने जारी रहेकाले आफूसँग सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परीक्षण गराउन अध्यक्ष पन्तले आग्रह गरेका छन्।
अहिले उनी चिकित्सकको सल्लाहअनुसार काठमाडौंमै आइसोलेसनमा बसेका छन्। उनको अवस्था सामान्य छ।
3
Shares
प्रतिक्रिया