ad ad

राजनीति


नेकपा विवाद : ओली–प्रचण्डको बैठकसमेत बस्न नसक्ने अवस्थामा

नेकपा विवाद : ओली–प्रचण्डको बैठकसमेत बस्न नसक्ने अवस्थामा

नेपालखबर
साउन २१, २०७७ बुधबार ११:२७,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद दुई अध्यक्षको समेत बैठक बस्न नसक्ने अवस्थामा पुगेको छ।

विवादकै कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) साँझ हुने भनिएको बैठक स्थगित भएको छ।

बालुवाटारमा आज ५ बजेका लागि तय गरिएको छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए। उनले बैठक भोलि (बिहीबार) बस्ने जानकारी समेत दिए।

यसअघि आइतबार, सोमबार र मंगलबार लगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो। स्थायी समिति बैठक साउन १३ गतेपछि बस्न सकेको छैन।

मंगलबारको बैठकमा दुई अध्यक्षबीचमा सरकार सञ्चालन र कार्यशैलीको विषयलाई लिएर चर्काचर्कीसमेत परेको थियो।

लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विवादास्पद व्यक्ति सुशील भट्टलाई नियुक्ति गरेको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले ओलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए।

पार्टीका हरेक निर्णयमा एकलौटी गर्दै गएको, सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै प्रधानमन्त्री ओलीकोस्थायी कमिटीको बैठकमै राजीनामा माग भएपछि नेकपाभित्र विवाद चुलिएको छ।

असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक असार १८ गतेपछि बस्न सकेको छैन। साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेका थिए।

सोही दिनदेखि स्थगित बैठक अझै बस्ने/नबस्ने तय हुन सकेको छैन। प्रचण्ड पक्षका बहुमत सदस्य बैठक राखेर समाधान गर्नुपर्ने माग गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .