फेसबुकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरिदिएको छ। केरोनासम्बन्धी उनको पोस्ट फेसबुकले पहिलोपटक हटाइदिएको हो।
कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पले नियमविपरीत कोरोनासम्बन्धी गलत सूचना सेयर गरेका थिए। ट्रम्पले स्टाटसका साथ फक्स न्युजलाई दिएको अन्तर्वार्ताको क्लिप पनि राखेका थिए। जहाँ उनले बच्चालाई लगभग कोरोनाले छुन नसक्ने दाबी गरेका छन्।
फेसबुकका प्रवक्ताले भनेका छन्, ‘भिडियोमा कोरोनासम्बन्धी गलत दाबी गरिएको छ, जुन हाम्रो नीतिको उल्लंघन हो। हामी कोरोना भाइरस संक्रमितबारे गलत सूचना फैलाउनेको विरोधमा छौं।’
यसबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। एजेन्सी
प्रतिक्रिया