पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो।
जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ।
श्रावण २२ बिहान ४ः४५ बजे#अलर्ट#कालिकोट,#दैलेख,#जाजरकोट,#अछाम,#डोटी ,#कैलाली जिल्लाका केहि स्थानमा पछिल्लो ३ घण्टा मध्यमदेखि भारी वर्षा सो क्षेत्र भएर बहने नदी र साना खोलामा बाढी तथा भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने बिहान १० बजेसम्मै सतर्क रहौ।
जल तथा मौसम विज्ञान विभाग। pic.twitter.com/pAyCCICJPS
यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
श्रावण २२ बिहान २ः३०बजे #अलर्ट#लमजुङ #गोरखा #कास्की #स्याङ्जा #तनहु #म्यागदी #धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा सो क्षेत्र भएर बहने नदी ,साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने बिहान १० बजेसम्मै सतर्क रहौ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2020
जल तथा मौसम विज्ञान विभाग pic.twitter.com/cv25G4nHje
Shares
प्रतिक्रिया