ad ad

राजनीति


भारत–चीन विवादः वार्ता जारी, प्रगतिको संकेत न्यून

भारत–चीन विवादः वार्ता जारी, प्रगतिको संकेत न्यून

नेपालखबर
साउन २९, २०७७ बिहिबार ७:५८,

तर वार्ता भइरहँदा पनि प्रगतिको संकेत भने न्यून मात्र देखिएको छ। गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा झडप भएको थियो।

विवादित क्षेत्रमा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच कमाण्डरस्तरीय वार्ता पाँचपटक भइसकेका छन्।

वार्तामा उनीहरुले विवादित क्षेत्रहरुबाट पछाडि हट्ने सहमति गरेका थिए।

गलवान उपत्यकाबाट चिनियाँ सेनाहरु पछाडि हटेको देखिए पनि पाङगोङ ताल, देपसाङ तथा गोग्रा क्षेत्रबाट भने चिनियाँ सेनाहरु हट्न नमानेको तथा यस विषयमा चिनियाँ पक्षले छलफल नै गर्न नमानेको भारतीय अधिकारीहरुको आरोप छ।

चीनले भने दुवै देशबीच वार्ता सकारात्मक भएको प्रतिक्रिया जनाइरहेको छ। एससीएमपीका अनुसार हालैमात्र भारतको सैन्य तथा कुटनीतिक स्रोतले भनेका छन्,‘भारत–चीन सीमा विवादमा थोरै प्रगति देखिएको छ तर भारतीय सेना लामो यात्राको लागि तयार हुनुपर्दछ।’

गत शनिबार भएको भारत र चीनका कमाण्डरबीचको पाँचौ वार्तापछि भारतीय विज्ञहरुले यस्तो प्रतिक्रिया जनाएका हुन्।

उक्त वार्ता चिनियाँ पक्षको वास्तविक नियन्त्रण रेखाको दौलत बेग ओल्दीमा भएको थियो जुन देपसाङ क्षेत्रमा अवस्थित छ। हाल देपसाङबाट पनि दुवै देशका सेनाहरु हटाउने प्रयास भइरहेका छन्।

देपसाङ पनि विवादित क्षेत्र मानिन्छ। यसलाई भारतले लद्दाखको भाग भएको बताउँछ भने चीनले पनि यसलाई आफ्नो भएको दाबी गर्दछ।

सन् २०१३ मा यसै क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच ३ हप्ता धक्कामुक्की भएको थियो। यो विवादित क्षेत्र अन्य विवादित क्षेत्र पाङगोङ ताल र गलवान उपत्यका नजिक पर्दछ।

भारतीय सैन्य स्रोतका अनुसार चिनियाँ सेनाहरुले भारतले दाबी गरेको देपसाङ क्षेत्रमा अवरोध खडा गरिरहेका छन्। उनीहरु सीमा नजिक आएर भारतीय गस्तीलाई अवरोध गरिहरहेको जनाइएको छ।

भारतीय स्रोत भन्छ,‘देपसाङ रणनीतिक हिसाबले भारतको महत्वपूर्ण क्षेत्र हो त्यसकारण यो चिन्ताको विषय बनेको छ।’

बुधबार मात्र नयाँदिल्लीका विज्ञहरुले चीन र भारतबीचको सीमा विवाद चाँडै अन्त्य नहुने बताएका थिए।

विज्ञहरुले जाडो समय आउँदै गर्दा भारतले ‘लामो यात्रा’को लागि तयारी थाल्नुपर्ने सुझाव दिएका छन्। जाडो समयमा हिमाली क्षेत्रमा भारतलाई आफ्ना हजारौं सेना व्यवस्थापन गर्न गाह्रो हुने बताइएको छ।

हालैमात्र चीनले भारतको सीमा नजिक तोपगोलासहित युद्धअभ्यास गरेको छ। भारतले पनि अत्याधुनिक हतियारहरु तैनाथ गर्न थालेको छ।

तर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडिजमा दक्षिण एसियाका जानकार वाङ देहुवाका अनुसार जाडो समय चीन–भारत वार्ताको प्रगतिको कडी बन्नसक्छ।

उनी भन्छन्,‘चीन भारतसँग युद्ध चाहँदैन र भारत पनि त्यसको लागि तयार छैन।’ हालैका वार्ताहरुमा दुवै देश विवादित क्षेत्रबाट हट्न तयार भएका छन्। उनका अनुसार यस्ता वार्ताहरुले विवाद साम्य बनाउन मद्दत गर्दछ।

बुधबार मात्र चीनले, ‘भारतले सीमा मुद्दा जटिल बनाउँदैन भन्नेमा आफूलाई विश्वास’ रहेको बताएको थियो।

भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले भनेका थिए,‘चीनको यो विश्वास छ कि भारत सीमा अवस्था जटिल बनाउने कुनैपनि कार्यबाट टाढा रहनेछ र यसले सीमा क्षेत्रहरुमा शान्ति र स्थायित्व कायम गर्न र द्विपक्षीय सम्बन्धको स्वस्थ विकासका लागि अनुकूल परिस्थिति सिर्जना गर्नेछ।’ एससीएमपी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .