ad ad

राजनीति


चीनले विश्वलाई जे गर्‍यो त्यो अकल्पनीय छ, त्यसैले अहिले वार्ता गर्नै चाहन्नः ट्रम्प

चीनले विश्वलाई जे गर्‍यो त्यो अकल्पनीय छ, त्यसैले अहिले वार्ता गर्नै चाहन्नः ट्रम्प

नेपालखबर
भदौ ३, २०७७ बुधबार ८:५१,

ट्रम्पले गतहप्ता चीनसँगको वार्ता स्थगित गर्नुको कारण खुलाउँदै एरिजोना राज्यमा भनेका छन्,‘म चीनसँग अहिले वार्ता गर्नै चाहन्न किनभने चीनले विश्वलाई जे गरेको छ त्यो अकल्पनीय छ।’

गतहप्ता चीन र अमेरिकाबीच व्यापार वार्ता हुने तय भएको थियो तर उक्त वार्ता अनिश्चित कालका लागि स्थगित गरिएको छ।

ट्रम्पले चीनले कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रण गर्न उल्लेखनीय भूमिका खेल्न नसकेको आरोप लगाउँदै चीनले कोरोनाको प्रभाबवारे जानकारी चाँडै नदिएका कारण भाइरस विश्वभर फैलिएको बताए।

ट्रम्पले यसअघि कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर सम्बोधन गरिसकेका छन्। जसको विश्व स्वास्थ्य संगठनले आलोचना गरेको थियो।

डब्लूएचओले भाइरसलाई नियन्त्रण गर्न विश्वभरका देश एकजुट हुनुपर्ने तथा भाइरसलाई क्षेत्रीय दर्जा दिन नहुने बताएको थियो।

तर डब्लूएचो चीन केन्द्रित भएको भन्दै अमेरिका यस संस्थाबाट बाहिरिएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .