सिरहामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
धनगढीमाई नगरपालिका–१३ भालुटारबाट कौडा खेलिरहको अवस्थामा लहान नगरपालिका–११ बस्ने ५५ वर्षीय विजय कुमार महतोसमेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सोही ठाउँ बस्ने ३० वर्षीय मदन बहादुर राईको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय गोलबजार र ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १६ थान कौडा, ३ लाख ६३ हजार ६ सय ४० नेपाली रुपैयाँ, ४ हजार ८ सय १० भारतीय रुपैयाँ, १४ थान मोबाइल, ४ लाख ४८ हजार ३ सय ७३ रुपैयाँको हस्ताक्षर गरेको बैंक चेक समेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
3
Shares
प्रतिक्रिया