ad ad

राजनीति


आकस्मिक मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले किन भेटे प्रचण्डलाई?

आकस्मिक मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले किन भेटे प्रचण्डलाई?

नेपालखबर
असोज ११, २०७७ आइतबार ५:२,

आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन्। छलफल मन्त्रिमण्डल पुनर्गठन कै विषयमा केन्द्रित रहेका स्रोतले जनाएको छ।

यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन। सोही विषयमा थप छलफल गर्न आज पुनः भेटवार्ता भएको बताइएको छ।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ। प्रचण्डसँग सहमति भए आजै मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना उच्च रहेको स्रोतको दावी छ।

भेटमा मन्त्रिमण्डल पुनर्गठनका साथै पार्टी एकताको बाँकी काम सकाउने विषयमा पनि छलफल हुने बताइएको छ।

याे पनि : वामदेवको मुद्दा किनारा नलाग्दै मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री, जुट्ला सहमति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .