ad ad

राजनीति


मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍याे यी निर्णय

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍याे यी निर्णय

नेपालखबर
असोज ११, २०७७ आइतबार ८:३५,

मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले नेपालखबरलाई बताए

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले बताए।

‘बैठक आकस्मिकरुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव थिएन, बैठक नियमित विषयहरुमै केन्द्रित रह्यो,’ ती मन्त्रीले भने।

याे पनि: 
ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनका विषयमा जुटेन सहमति

आकस्मिक मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले किन भेटे प्रचण्डलाई?

वामदेवको मुद्दा किनारा नलाग्दै मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री, जुट्ला सहमति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .