नेपाली कांग्रेसका नेता धनराज गुरुङले दशैँभत्ता नलिन सांसदहरुलाई आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले विवेक र मानवता भए दशैँभत्ता बहिष्कार गर्न सांसदहरुलाई आग्रह गरेका हुने।
उनले कोरोनाको महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौ–धौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध भएको बताएका छन्।
‘माननीयज्युहरु तपाईंहरूसँग अलिकति पनि विवेक र मानवता छ भने दशैंभत्ता बहिस्कार गर्नुहोस्’, ट्विटरमा नेता गुरुङले लेखेका छन्, ‘कोरोनाको महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौ–धौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध हो।’
— Dhan Raj Gurung (@dhanrgrg) October 17, 2020माननीयज्युहरु! तपाईंहरूसँग अलिकति पनि विवेक र मानवता छ भने दशैं भत्ता बहिस्कार गर्नुहोस्। कोरोना महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौधौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध हो।
प्रतिक्रिया