ad ad

राजनीति


भारत-चीन सीमा विवाद : भारतीय विदेशमन्त्री जयशंकरले प्रकट गरे गम्भीर चिन्ता

भारत-चीन सीमा विवाद : भारतीय विदेशमन्त्री जयशंकरले प्रकट गरे गम्भीर चिन्ता

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १:२४,

भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो देश र चीनबीचको सीमा पूर्वी लद्दाखको अवस्था निकै अशान्त रहेको भन्दै गम्भीर चिन्ता प्रकट गरेका छन्।

खासगरी गत जुन १५ मा भएको हिंस्रक झडपपछि त्यहाँ दुई मुलुकका सैनिकबीच तीव्र तनाव जारी छ।

जसको असर भारत र चीनबीचको सम्बन्धमा परिरहेको भारतीय विदेशमन्त्री जयशंकले शनिबार बताएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा अहिले दुवै देशले ५०–५० हजारभन्दा बढी सेना तैनाथ गरेका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार आफ्नो किताब ‘द इन्डिया वे’ को सिलसिलामा आयोजित वेबिनामार भारत चीन सम्बन्धबारे धेरै महत्वपूर्ण कुरा उल्लेख गरेका हुन्।

उनका अनुसार भारत–चीनको सम्बन्ध पहिलेभन्दा ‘निकै खराब’ भइरहेको छ। सन् १९८० पछि दुई देशबीच व्यापार, यात्रा, पर्यटन र धेरै किसिमका सामाजिक गतिविधि सामान्य भएका थिए।

उनले भने, ‘म एकदमै आधारभूत कुरा गरिरहेको छु कि एलएसी (सीमा छुट्याउने वास्तविक नियन्त्रण रेखा) मा सन् १९८० कै जस्तो स्थिरता र शान्ति बहाली हुन आवश्यक छ।’

भारतका विदेशमन्त्री एस जयशंकर-

jayashankar

भारत र चीन दुवै देशले प्रगति गरिरहेको र विश्वमा ‘ठूलो भूमिका’ निर्वाह गर्ने अपेक्षा रहेको उल्लेख गर्दै भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘तर ‘ठूलो सवाल’ के हो भने दुई देशबीच तालमेल कसरी मिलाउने? मैले आफ्नो किताबमा यी विषयका आधारभूत पक्षबारे चर्चा गरेको छु।’

उक्त किताब पूर्वी लद्दाखमा तनाव उत्पन्न हुनुअघि नै लेखिसेको उनले जानकारी दिए।

भारत र चीनबीच लामो सयमदेखि सीमामा विवाद भइरहेको छ। यति मात्र होइन, ४५ वर्षपछि पहिलोपटक सीमामा दुई देशका सैनिकबीच फायरिङ भएको थियो।

यसबीच भारतले सयभन्दा बढी चिनियाँ एप्समा पनि प्रतिबन्ध लगाइसकेको छ। बीबीसी

याे पनि :  त्यसपछि चीनसँग हाम्रो सम्बन्ध पूरै बिग्रिएकाे छ : भारत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .