जाल्टन इब्रामिमोभिचले तीन मिनेटमा दुई गोल गरेपछि मिलान डर्बीमा एसी मिलानले २–१ को जित हात पारेको छ।
इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा १३ र १६औं मिनेटमा इब्राहिमोभिचले लगातार दुई गोल गरे।
२९औं मिनेटमा इन्टर मिलानका रामेलु लुकाकुले एक गोल फर्काएका थिए।
योसँगै एसी मिलान यस सिजनमा चार खेल खेल्दा चारैमा जित निकाल्दै शीर्षमा छ। इन्टर भने ७ अंकसहित छैटौं स्थानमा छ।
यस्तै सिरी ए कै अर्को खेलमा नापोलीले एटलान्टालाई ४–१ गोलअन्तरले पराजित गर्यो।
6
Shares
प्रतिक्रिया