अमेरिकी न्याय विभागले पाँच चिनियाँ वैज्ञानिकहरुलाई झुठो अभियोग लगाएर पक्राउ गरेको चीनको भनाइ छ। सबै अभियोगहरु फिर्ता हुनुपर्ने पनि चीनको भनाइ छ।
अमेरिका र चीनको पछिल्लो गतिविधिले बन्धक कुटनीतिको खतरा बढेको विश्लेषण गरिएको छ।
चिनियाँ वैज्ञानिकहरुले अमेरिका प्रवेश गर्दा आफ्नो पहिचान लुकाएको अमेरिकी भनाइ छ।
पछि उनीहरु चिनियाँ जनमुक्ति सेनामा आवद्ध भएको थाहा पाएसँगै अमेरिकाले उनीहरुलाई भिसा ठगीको आरोप लगाउँदै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
गत जुलाईमा चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक जुआन ताङलाई एफबीआईले गिरफ्तार गरेको थियो। उनी क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययनका लागि आएकी थिइन्।
पछि प्रहरीले खोजेपछि उनी सानफ्रान्सिस्कोस्थित चिनियाँ दूतावासमा लुकेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका थिए। ताङले भिषा लिने क्रममा चिनियाँ सेनासँगको सम्बन्धलाई लुकाएको अमेरिकी भनाइ छ।
ताङ भिषा ठगीको आरोपमा निर्दोष ठहर भइसकेको बताइएको छ। उनी जमानतमा पनि छुटिसकेकी छिन्। वकिल माल्कोम सेगलले ताङको विषयमा चिनियाँ हस्तक्षेप नभएको बताएका छन्।
हाल अन्य चार चिनियाँ वैज्ञानिक भने अमेरिकी अनुसन्धानकै क्रममा रहेको बताइएको छ। यसबीचमा चीनले सबैलाई छाड्न र आरोप फिर्ता लिन नभए अमेरिकीलाई बन्धक बनाउने चेतावनी दिएको हो। न्युयोर्क पोस्ट
Shares
प्रतिक्रिया