ad ad

राजनीति


बाबुरामले भने : भ्रष्टाचार र फजुल खर्चमात्रै रोक्न सके जनतालाई निःशुल्क उपचार गर्न पुग्छ

बाबुरामले भने : भ्रष्टाचार र फजुल खर्चमात्रै  रोक्न सके जनतालाई निःशुल्क उपचार गर्न पुग्छ

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ५:३,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ट भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै भट्टराईले सरकारको यो कार्यले महामारी झन् विकराल बन्ने बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले जनताको ज्यान जोगाउन भ्रष्टाचार र फजुल खर्च रोक्नुपर्ने बताए।

उनले अस्पतालमा धनीले आर्थिक सहायता दिन चाहे दानपात्र राख्न आग्रह गर्दै उपचार भने सबैको निःशुल्क गर्नुपर्ने बताएका छन्।

‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो। यसले महामारी झन् विकराल बन्नेछ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले लेखेका छन्, ‘यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ। अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं, तर सबैलाई निशुल्क गरौं।’

सरकारले आइतबारदेखि कोरोना संक्रमित सबैको उपचार गर्न नसक्ने र उपचार गर्नुपर्नेको सबै खर्च नागरिक आफैले गर्नुपर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .