यसपालिकाको दसैँमा प्रधानमन्त्री निवास बालुवाटारमा टिकाको व्यवस्था नहुने भएको छ। कोरोना संक्रमणका कारण टिकाको व्यवस्था नगरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो जहाँ छौँ त्यही दसैँ मनाउन आग्रह गर्दै प्रधानमन्त्री निवासमा समेत टिका नराखिएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले सरकारले सबै कोरोना संक्रमितको उपचार सरकारले नै गर्ने बताएका छन्। उनले सरकारले कोरोना संक्रमितको उपचार गर्दैन भनेर अफवाहको तुवाँलो फैलाइएको बताए।
‘यस्ता महामारीका बेला अफवाहको तुवाँलो बाक्लै फैलाइने गरिन्छ। अहिले पनि फैलाईएको छ’ प्रधानमन्त्रीले भने, ‘तर जनताको सहयोगले त्यस्ता अफवाहको तुवाँलो घट्दै गएको छ।’
उनले संक्रमितको परीक्षण, उपचार, वा शव व्यवस्थापन यसअघि जसरी चलिरहेको छ, त्यसरी नै जारी राख्ने घोषणा पनि गरे।
प्रधानमन्त्रीले कतिपय कोरोना संक्रमित व्यक्तिहरुले आफ्नै खर्चमा उपचार गरेर सरकारलाई सहयोग गरिरहेको दाबी पनि गरे।
Shares
प्रतिक्रिया