ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ५:४७,

कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

बिहीबार सम्पन्न मन्त्रिपरिषदको वैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्योहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

 ‘आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु’, अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। अर्थमन्त्री पौडेलले अध्यक्ष केसीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

ज्वरो, रुघाखोकी लगाएतका स्वास्थ्य समस्या देखिएपछि मंगलबार मेडिसिटी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको बुधबार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। केसीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गइरहेको छोरी रितु केसीले जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .