ad ad

राजनीति


चुनाव हारेपछि ट्रम्पले पहिलोपटक सार्वजनिक भाषण गरे, के-के भने?

चुनाव हारेपछि ट्रम्पले पहिलोपटक सार्वजनिक भाषण गरे, के-के भने?

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १:३५,

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको चुनावमा पराजित भएपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गरेका छन्।

तर उनको भाषण कोरोना भाइरसको संक्रमण र यसविरुद्ध खोपको विषयमा केन्द्रित रहेको बीबीसीले जनाएको छ।

आफ्नो सम्बोधनमार्फत उनले कोरोनाविरुद्ध खोप तयार पार्ने, वितरण गर्ने र उपचार गर्नेबारे जानकारी दिए।

राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितिसकेका छन्, तर ट्रम्पले अझै आफ्नो हार स्वीकार गरिरहेका छैनन्।

याे पनिट्रम्पको आरोप झुटो, चुनाव एकदमै सुरक्षित : अमेरिकी निर्वाचन अधिकारी

उनले कोरोनाविरुद्ध विकास गरिएको अपरेसन वार्प स्पिड सफल भएको जिकिर पनि गरे।

साथै ट्रम्पले फेरि एकपटक कोरोना भाइरसलाई चाइना भाइरस भने। उनले यो पनि स्पष्ट पारे कि आफ्नो प्रशासनले नयाँ लकडाउन गर्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .