ad ad

राजनीति


ओली-देउवा भेट तरंग : सभापतिलाई कांग्रेस नेताहरुको चेतावनी- सरकारमा सहभागी हुने धृष्टता नहोस्

ओली-देउवा भेट तरंग : सभापतिलाई कांग्रेस नेताहरुको चेतावनी- सरकारमा सहभागी हुने धृष्टता नहोस्

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ११:२८,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई पाँच वर्षसम्म विपक्षमा रहने जनमत प्राप्त भएको हुँदा सरकारमा सहभागी हुने प्रयास गर्न नहुने बताएका छन्।

पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारमा साझेदारी गर्ने प्रस्तावसहित कुराकानी बढाएको चर्चा सुरु भएका बेला कांग्रेस प्रवक्ता शर्माले यो धारणा व्यक्त गरेका हुन्।

‘५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अतः कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं, अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं, जय नेपाल।’ 

त्यसैगरी कांग्रेसका अर्का नेता धनराज गुरुङले पनि जनमतविपरित कांग्रेस अहिले सरकारमा सहभागी हुने खेलमा लाग्न नहुन पार्टी नेतृत्वलाई सचेत गराएका छन्।

‘म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ। नेकपाको सत्ता–भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन। जय नेपाल,’ गुरुङले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .