ad ad

राजनीति


चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ: परराष्ट्रमन्त्री ज्ञवाली

चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ: परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:४९,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्।

विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको अरु कुनै स्वार्थ नहुने उनले बताए। संसदीय समितिको बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागि भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए।

उनले भने, ‘नेपालको परराष्ट्र नीति सधैँभरी सन्तुलित नै छ। दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिने बाहेक अरु कुनै स्वार्थ छैन।’

मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्त रहने पनि बताए।

‘उहाँहरुको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन। हुने कुरा पनि भएन। उहाँहरुको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहन्छ नेपाल’, उनले भने।

यहि साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने बताए।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने बताइएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस्तै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउँदै छन्। नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो। भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ।

रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न बोलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .